नेपालद्वारा अर्को रोचक पर्दर्शन: ९ विकेट गुमिसक्दा थाइल्याण्डको जम्मा १८ रन !

Posted on: 07 Oct, 2018

असोज २१, काठमाडौँ | टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दियो । तर उक्त चुनौती थाइल्याण्डको लागि फलामको चिउरा सरह बनेको छ किनकी नेपालले थाइल्याण्डलाई १८ रन मात्र बनाउन दिएर ९ विकेट पतन गराईसकेको छ । ८.५ ओभरको खेल जारी रहंदा थाईल्याण्डका ९ खेलाडीलाई नेपालले आउट गराईसकेको छ । 

अहिले खेल पानीको कारण प्रभावित भएर रोकिएको छ । 

यस अघि नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालको लागि खेलमा करण केसीले इनिङ्स उकासेका थिए । उनले नट आउट रहेर सर्वाधिक ४० रन बनाए । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए । अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे । नेपालको विकेट लिने क्रममा थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डले जम्मा १८ रन मात्र जोडेको छ भने अन्तिम १ जना खेलाडी मात्र बाँकी छन् । ८ औं ओभर जारी रहंदा करण केसीले लगातार २ विकेट लिन सफल भए । त्यस्तै सन्दिप लामिछानेले एकै ओभरमा ३ विकेट लिएर ह्याट्रिकनै गरे । थाईल्याण्डसंगको आजको खेलमा सन्दिपले ५ विकेट लिईसकेका छन् । 

नेपाली बलर सामु थाईल्याण्डका कुनै पनि खेलाडीले सर्वाधिक ७ रन भन्दा बढी जोड्न सकेनन् अझ केहि त बिना रन आउट बने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!