महिला फुटबल टोलीको कप्तानमा थापा

Posted on: 26 Oct, 2018

कात्तिक ९, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । 

मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् । 


यसअघि नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन् । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो । चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रिपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली चीनबाट म्यान्मा प्रस्थान गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!