'देवलकप २०७५' को उपाधी जालपादेवी युवाक्लवलाई

Posted on: 28 Oct, 2018

टेकेन्द्र बोहरा | कात्तिक ११, बझाङ | जिल्लामा कार्तिक ४ गतेवाट सुरु भएको "देवलकप क्रिकेट प्रतियोगिता २०७५" शनिबार सम्पन्न भएको छ ।

नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो ।


शनिबार भएको अन्तिम फाइनल खेलमा टस जितेर ब्याटिङ् रोजेको जालपादेवी युवाक्लब देवलले १९.५ ओभरमा सवै विकेट गुमाउँदै १०८ रनको सक्रिय युवाक्लब चौधारी सामु पेश गरेको थियो ।

जालपादेवीका लागि सुनिल खड्काले सबैभन्दा बढी ३८ रन बनाएकाथिए । जवाफी ब्याटिङ्माउत्रेको सक्रिय युवाक्लब चौधारीले १७ओभरमाअल आउट हुँदै ७७ रनमा समेटिएको थियो ।

देवलकपमा प्रथम बन्दै जालपादेवीले ६१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । त्यस्तै सक्रिय युवाक्लब चौधारीले दास्रो स्थानकब्जागर्दै ३१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । 

त्यस्तै यो कपको अवधिभर बेस्ट बलर जालपादेवीका मनोज धामी, राइजि राजिङ्ग स्टारका पवन धामी, बेस्ट ब्याट्स म्यान सक्रिय युवाक्लब जुजीका मिमबहादुर धामी, म्यानअफ द सिरिज जालपादेबिका सुनिल खड्का, अनुशासित टिम देवल भेट्रान्सलाई छनौंट गरिएको अतिथितथाबझाङ जिल्लाक्रिकेट संघका अध्यक्षअध्यक्षप्रबिन्द्र धामीले बताए ।

पुरस्कार वितरण जयपृथ्वीनगरपालिका वडा नं. ९ का वडाध्यक्ष बजिर खड्काले गरेकाथिएभने कार्य सञ्चालनबझाङ जिल्लाक्रिकेट संघका अध्यक्षतथाअतिथिप्रबिन्द्र धामीले गर्नुभएको थियो । 

समापन कार्यक्रममा जालपादेवीका अध्यक्षहंश धामी, सूनिता खड्का धामी, नगरपालिका कार्यसमिति सदस्य, विमानस्थल सुरक्षा गार्ड इन्चार्ज र एम्पाएर जयराज धामी लगायतको उपस्थिति थियो

यस खेलमा ३८ रन सहित ३ विकेट लिएवापत सुनिल खड्काम्यानअफ द म्याच घोषित भएका छन  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!