बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

Posted on: 28 Oct, 2018

टेकेन्द्र  बोहरा | कात्तिक ११,  बझाङ | सुदुरपश्चिम प्रदेसको  हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।

 यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए । 

उनले पर्यटन  प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बुङगल क्रिकेट एसोसिएसन (बिसिए) को आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!