नवलपरासीको कोल्हुवामा भोलीदेखी राईनोकप फुटवल हुँदै, पहिलो दिन को-को भिड्दैछन्

Posted on: 31 Oct, 2018

कात्तिक १४, नवलपुर । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि पूर्वी नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरीय ‘राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता’ हुने भएको छ । यहि कात्तिक १५ गते बिहिबार देखी कोल्हुवाको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा हुने खेलमा यसबर्ष १२ टिम भिड्ने भएका ह्न् । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, कास्की, काडमाण्डौ , पाल्पा मकवानपुर सहितका जिल्लाहरु सहभागी छन् ।


को-को भिड्दै छन् ? 

आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अनुसार पहिलो दिन आयोजक र रुपन्देही ११ बिच उद्घाटन खेल हुने छ ।

त्यस्तै पहिलो चरणका अन्य खेलहरुमा कात्तिक १६ गते एन।आर।टि र सरस्वती क्लब बिच, कात्तिक १७ गते बिरगञ्ज युथ एकेडेमी र पोखरा ११ बिच, कात्तिक १८ गते च्याशल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँ बिच, कात्तिक १९ गते पुलिस र संकटा बिच र कात्तिक २६ गते अर्मेड पुलिस फोर्स र मनाङ्ग मस्र्याङ्गदी युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै दोस्रो चरणको खेल कात्तिक २० गतेबाट सुरु हुने र फइनल खेल कात्तिक २९ गते हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!