सुदुपश्चिमका पहाडि जिल्लाकै ठुलो धन राशीको एनपिएल क्रिकेट बैतडीमा जारी

Posted on: 01 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पाटन नगरपालिका र मेलौलि नगरपालिका भिड्ने भएका छन । पाटन नगरपालिका र मेलौली नगरपालिका ले जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेका हुन ।

 आज सम्पन्न सेमिफाईनल खेलमा सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन उपाधी नजिक पुगेको हो । निंगलासैनी खेल मैदान देहीमाडौंमा पहिला ब्याटिंग गरेको सिगास १६ दशमलव ४ ओभरमा ७९ रनमा समेटियो । जसमा लोकेन्द्र रावलले व्यक्तिगत २७ रनको योगदान गरे । पाटनका सुभाष विष्टले ३ विकेट हात पारे । ० रनको सामान्य विजयी लक्ष्यका साथ मैदान उत्रेको पाटनले ११ दशमलव १ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पाटनका विकास विष्टले अविजित ३४ रन बनाए । यो हारसंगै सिगासको अगामी यात्रा टुंगिएको छ भने पाटन अपराजित यात्रा कायम गर्दै फाईनलमा पुगेको छ । 


यस्तै बिहीवारनै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा किरन ठगुन्नाको उत्कृष्ट प्रदर्शनले दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका फाईनल प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द ‘सी’ ले सुरेन्द्र बिसीको ४ तथा नरेश नाथको ३७ रनको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतीमा १४८ रन बनायो । मेलौलीका किरन ठगुन्ना र जयराम भट्टले एक एक विकेट हात पारे ।

 १४९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको मेलौलीले १४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । जसमा किरन ठगुन्नाले अर्धसतकिय पारीका साथ ५० रन जोडे भने कृष्णदेव भट्टले अविजित ४९ रन बनाए । खेलका म्यान अफ द म्याच मेलौलीका किरन ठगुन्ना चुनिए । पाटन र मेलौलीविचको उपाधी भिडन्त शुक्रवार विहान ८ बजेपछी हुने जनाईएको छ । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । 

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  यो प्रतियोगिता सुदुपश्चिम प्रदेसको पहाडी जिल्लाको सबैभन्दा बढि धनरासीको रहेको निंगलाशैनी क्रिकेट क्लबका संयोजक बिर सिँह बोहराले दाबि गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!