तरुण गोल्डकपको उपाधि मिक्लाजुङ गाउँपालिकालाई

Posted on: 02 Nov, 2018

कमल घिमिरे।कार्तिक१६।पाँचथर,  पाँचथरको फिदिममा सम्पन्न दोस्रो तरुण गोल्डकपको उपाधी मिक्लाजुङ गाउँ पालिकाले हात पार्न सफल भएको छ । फिदिम उच्च मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा तुम्बेवा गाउँपालिकालाई १-०गोलले पराजित गर्दै मिक्लाजुङ गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो।पहिलो हाफको ३२ औँ मिनेटमा मिक्लाजुङका दिपेश बर्देवा ले गरेको गोल नै निर्णायक बनेको थियो।नेपाल तरुण दलको ६६ औँ बार्षिक उत्सवको अवसरमा गत कात्तिक १० गते बाट सुरु भएको गोल्ड कपमा पाँचथरका १ नगरपालिका सहित ७ गाउँपालिकाको सहभागिता रहेको थियो।
जित सँगै मिक्लाजुङ गाउँपालिकाले नगद १ लाख १ हजार १ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको तुम्बेवा गाउँपालिकाले  नगद ५१ हजार १ सय ६६ रुपैयाँ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!