बैतडीमा जारी एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकालाई

Posted on: 02 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकाले जितेको छ । आजभएको फाइनल खेलमा पाटनलाई ४९ रनले हराउदै मेलौलिले पहिलो एनपिएलको उापाधि जितेको हो । 

 टस जितेर व्याटिङकको निम्तो पाएको मेलौलिले पाटन्ले ४९ रनले पाखा लगाउदै लगाएको थियो । टस जितेर व्याटिङको गरेको मेलौलिले  १६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३६ रन बनाएको थियो । उसका लागी जयराज भपाटन नग।पािलकालाई १३७ रनको लक्ष्य दिएको थियो । पाटनका दिपक बिष्ट र धिरेन्द्र चन्दले समान  दुइ दुइ बिकेट हात पारे । १३७ रनको बिजयी लक्षका साथ मैदानउत्रको पटन १५.३ वभरमा ८८ रनमा सबैबिकेट गुमायो ।  मेलौलिको लागि जयराम भट्टले ३ विकेट लिए, उनि म्यान अफ द म्याच भए ।  


यो सँगै एनपिएल पहिलो एनपिएल त्रृmकेटमा सस्करण सम्पन्न भएको छ । सुदुर पश्चिम प्रदेसको पहाडि जिल्लाको सर्बाधिक धनरासीको क्रृकेट प्रतियोगितामा    प्रतियोगिताकै उत्कृष्ट खोलडी म्यान अफ द सिरिज मेलौलिका किरन ठगुन्ना भएका छन । उनले प्रतियोगिता भरि १२८ रन र ६ विकेट लिएका थिए । ठगुन्नालाई  ११ हजार एक सय ११ नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । 

 यसैगरि उत्कृष्ट व्याटस्म्यान शिवनाथका भानदेब ओझा भएका छन ।  उनले पतियोगिता भरि  ११३ रान बनाएका थिए । बेष्ट बलर मेलौलिका बिरेन्द्र बिष्ट भएका छन । उनले ८ विकेट लिएका थिए । दुबैले नगद ५ हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाण पत्र पाएका छन ।


 सर्वाधिक छक्का प्रहार गर्ने दशरथ चन्द नगरपालिका ए का तेज बहादुर चन्दले नगद २ हजार २ सय २२ पाएका छन । उनले १२ छक्का प्रहार गरेका छन ।  यस्तै सर्वाधिक चौका हान्नेमा मेलौलिका किरन ठगुन्ना घोषित भएका छन उनले १ हजार १ सय ११ नगद सहित ट्रफि र प्रमाणपत्र पाएका छन ।  उनले प्रतियोगिता अवधिमा १४ चौका हानेका थिए । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा कार्तिक ८ गते देखि सञ्चालन भएको  प्रतियोगितामा प्रथम परस्कार मेलौलि नगरपालिकाले  १ लाख ११ हजार १ सय ११ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ  भने  पाटन नगरपालिका द्वितीय  हुदै ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र प्रप्त गरेको निङ्गलाशैनी क्रिकेट क्लब का अध्यक्ष महेश सिंह भण्डारीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!