भलिबल प्रतियोगितामा नेपाल तरुण दल क्षेत्र नम्बर दुई प्रथम

Posted on: 05 Nov, 2018

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित मिनाकर्ण माविको ६३ औं वार्षिक उत्सवको अवसरमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा नेपाल तरुणदल क्षेत्र नम्बर दुई प्रथम भएकोे छ ।

विद्धालयको वार्षिक उत्सवको अवसरमा शनिबारदेखी गरिएको १३ औं संस्करणको भलिवल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई पराजित गर्दै नेपाल तरुण दल खोटाङ पहिलो भएको छ । पहिलो समुहले ५० हजार ५ रुपैयाँका साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । सोमबार समापन भएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी दोश्रो, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु तेश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे सान्त्वना भएका छन् । 

प्रतियोगिताको दोश्रोले ३० हजार ५, तेश्रोले २० हजार ५ र सान्त्वना टिम समुहले पाँच हजार नगदका साथमा प्रमाणपत्र र मेडल पाएका छन् । भलिवल खेलमा १८ टिमको सहभागिता थियो । प्रतियोगिताको सम्पुर्ण पुरस्कारको व्यवस्था मिनाकर्ण ट्रष्ट काठमाण्डौका अध्यक्ष तथा पुर्व सशस्त्र प्रहरी महानिरिक्षक सनत कुमार वस्नेतले प्रायोजन गरेका थिए ।

भलिवल प्रतियोगितासँगै गरिएको एकल तथा सामूहिक नृत्य प्रतियोगितामा जनता मावि बतासेकी एनिसा शिवा प्रथम, सप्तेश्वर छितापोखरी याङसोलाटारकी रमा राई द्दितीय र छोरम्बुकी मिना तामाङ, रेणुका राई र मेलिना राईको समुह तृतिय भएको शिक्षक भुपेन्द्र राईले जनाए । नृत्य प्रतियोगितामा विजय कलाकारहरुले क्रमशः २ हजार ५ रुपैयाँ, १५ सय ५ रुपैयाँ र एक हजार ५ रुपैयाँ पाएका छन् । भलिवल र नृत्यका विजयीहरुलाई  दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले पुरस्कार वितरण गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!