दिपावली र छठपर्वको अवसरमा कुस्ती: नेपाली पहलवानले बंगलादेशका अयुब पहलवानलाई हराए

Posted on: 09 Nov, 2018

कात्तिक २३, बिरगंज | हिन्दु धर्मावलिम्बहरुको महान पर्व शुभ-दिपावली र छठ पर्वको अवसरमा अन्तराष्ट्रिय नेपाल भारत र बंगलादेशका प्रख्यात पुरुष तथा महिलाहरुको विशाल कुस्ती प्रतियोगीता सम्पन्न भएको छ । 

शुभ दिपावली र छठपर्वको अवसर पारी प्रत्येक वर्ष मनाईने बृहत अन्तराष्ट्रिय कुस्ति प्रतियोगितामा महिला र पुरुष गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेको हो । जिल्ला बारा, विश्रामपुर गाउंपालिकाको चौरीमा भएको खुला कुस्ती प्रतियोगितामा नेपाल बिरगंजका पहलवान मोखतार अनसारीले बंगलादेशका अयुब पहलवानलाई हराई प्रथम जित हांसिल गरेका थिए । 


त्यसै गरी महिला पहलवान तर्फ नेपाल सुनसरीका अनिता राईले भारत युपीका सारदा पहलवानलाई हराई प्रथम स्थान हांसिल गरेको थियो । जुनियर पहलवान तर्फ भारत गोरखपुरका सिकन्दर पहलवानले नेपाल सर्लाहीका गोलु पहलवानलाई हराई प्रथम भएका छन भने बांगला देशका जुबैर पहलवानले बिहार पटनाका अरुन पहलवानलाई हराई दृतिय स्थान हासिल गरेका छन । अन्तराष्ट्रिय नेपाल भारत र बंगला देश विशाल कुस्ती प्रतियोगीताका अध्यक्ष अमिरीलाल पाल र प्रमुख अतिथि प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादब. विशिष्ठ अतिथिमा नेकपाका नेता बसरुद्दीन अनसारी, ज्वाला साह, उधोग पती अजय प्रजापती, शम्भु पण्डित लगायतको उपस्थीती रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!