भलिवलको उपाधि कुम्मायक स्पोर्टिङलाई

Posted on: 13 Nov, 2018

कमल घिमिरे।कार्तिक२७।पाँचथर, दीपावलीको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सोमबार भएको भलिवल प्रतियोगिताको उपाधि कुम्मायक स्पोर्टिङ क्लवले हातपारेको छ ।    त्रिवेणी युवा क्लवको आयोजनामा संचालन भएको पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई हराउँदै कुम्मायक बिजेता भएको हो । बिजेता कुम्मायक स्पोर्टिङ क्लवले नगद ५० हजार ५०५ ट्रफी मेडल र प्रमाण–पत्र हातपारेको छ । भने उपबिजेता त्रिवेणी युवा क्लवले नगद ३० हजार ५०५ ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गर्यो । सोही क्रममा खेलका उकृष्ठ स्पाइकर कुम्मायकका कृष्ण तामाङ, बेष्ट सेटर आयोजकका पदम भट्टराई, बेष्ट अलराउँडर खेलाडीको रुपमा कुम्मायकका नविन रिजाल भए उनिहरुलाई क्रमश : ट्रफी मेडल प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पाँचथर र इलाम गरी  स्थानीय १६ टीमको सहभागीता रहेको थियो । आयोजक संस्थालाई खेलकुद र मेला व्यवस्थापनमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको छ ।

फाल्गुनन्द गाउँपालिका– ६ र ७ को संगम स्थलमा रहेको वसाँगुमा कार्तिक २३ गतेबाट द्धितिया मेला संन्चालन भएको थियो । मेलामा लिम्बु समुदायको केलाङ (ढोलनाच), धाननाच म्युजिकल चियर समेत प्रर्दशन भएको थियो । ऐतिहासीक धार्मिक सम्पदा र कला संस्कृतिको संरक्षण र संम्बर्दनको लागि बर्षेनी मेला संचालन गदै आएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष दिपेन्द्र कुरुम्बाङले बताउँनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!