शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: शुक्रबार तीन खेल हुँदै (अङ्कक तालिका सहित)

Posted on: 22 Nov, 2018

मङ्सिर ६, काठमाडौँ (रासस) | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । 

शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । 

ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ भने एपिएफ एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । त्रिभुवन आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने नेपाल पुलिस एक जित र एक बाराबरीका साथ चार अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । मछिन्द्र एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा रहँदा सङ्कटा समान खेलबाट चार अङ्क जोडदै लिगको पाँचौ स्थानमा छ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । 

हालसम्मको अङ्कक तालिका 

क्र.म टोली खेल जित हार बराबर अङ्क 

मनाङ मस्र्याङ्दी क्लब ३ ९ 

थ्री स्टार क्लब ६ 

सङ्कटा क्लब ६ 

च्यासल युथ क्लब ४ 

हिमालयन शेर्पा क्लब ४ 

एपिएफ क्लब ४ 

त्रिभुवन आर्मी क्लब ४ 

नेपाल पुलिस क्लब ४ 

मछिन्द्र क्लब २ 

१० न्युरोड टीम (एनआरटी) १ 

११ फ्रेन्ड्स क्लब ० 

१२ सरस्वति युथ क्लब ० 

१३ जावलाखेल युथ क्लब ० 

१४ ब्रिगडे ब्वाइज क्लब ० 

यस बिषयमा तपाइको प्रतिक्रिया...!