सन्दिप लामिछानेलाई टी–१० मा ब्याडलक: १२ बल खेल्दा ७ छक्का !

Posted on: 29 Nov, 2018

मङ्सिर १३, काठमाडौँ | यूएईमा जारी टी–१० क्रिकेट अन्तर्गत नर्दर्न वारियर्सविरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेको पर्दर्शन निकै खराव बनेको छ । 

खेलमा पहिलो ओभर बलिङ गरेका सन्दिपले १ ओभरको खेलमै २२ रन दिए । उनले क्रमश: ६, ६, २, ६, १, १ रन बनाउन दिएर नर्दर्न वारियर्सलाई २२ रन जोड्न दिए । सन्दिपले रन मात्र धेरै दिएनन् - पहिलो ओभरकै खेलमा निकोलस पूरनको क्याच समेत गुमाउन पुगे ।


त्यसपछि पुन: अर्को ओभरको खेलमा बलिङ गर्न आएका सन्दिपले क्रमश: ६, ६, ६, १, ६, ० का दरले २५ रन बनाउन दिए । यसरी खेलमा १२ बल प्रहार गर्ने क्रममा सन्दिपको बलिङबाट नर्दर्न वारियर्सले ७ छक्का प्रहार गर्दै बिना विकेट कुल ४७ रन बनाइदियो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नर्दर्न वारियर्सलाई सन्दिप एक्लैले २ ओभरमै ४७ रन दिएपछी लक्ष्य पुरा गर्न निकै सहज भईदियो । 


नर्दर्न वारियर्ससँग खेल हारेसँगै संदिपको टिम केरलालाई प्लेअफमा पुग्न निकै कठिन भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!