प्रियंका चोपडाको बिबाह प्रसंग: ७५ फिट लामो घुम्टो सम्हाल्नकै लागि ६ जना

Posted on: 05 Dec, 2018

मङ्सिर १९, नई दिल्ली | बलीवुड एक्ट्रेस प्रियंका चोपडा (Priyanka Chopra) र अमेरिकी गायक निक जोनास (Nick Jonas) बीच ईसाई धर्मको मान्यता अनुसार बिबाह भएको भिडियो जब पीपल म्यागेजीन (People Magazine) ले सार्वजनिक गर्यो तब, इन्टरनेटमा भाईरल भएको छ | १ डिसेम्बरमा प्रियंकाको विवाह निकै धूमधामका साथ सम्पन्न भएको छ | सेतो रङ्गको बस्त्रमा सजिएकी प्रियंकाले ७५ फिट लम्बाई भएको घुम्टो लगाएको प्रसंग निकै घतलाग्दो छ | 


सार्वजनिक भिडियोमा अमेरिकन सिंगर निक जोनासको  एक भावुक दृश्य पनि देख्न सकिन्छ, जसमा प्रियंका आफूतर्फ आउंदै गर्दा उनले आँशु पुछेका थिए | 


समाचार स्रोतका अनुसार बलीवुड एक्ट्रेस प्रियंका चौपडा विवाह अघि डराएकी जस्ती देखिन्थीन, तर जब उनले आफ्नो श्रीमान आफू जाँदै गरेको बाटोमा उभिएको देखिन् तब उनको सबै डर हरायो | आईएएनएसको समाचार अनुसार, प्रियंकाले जोनससंग ईसाई पद्धति अनुसार बिबाह गरिन् बिबाहमा उनले ७५ फिट लामो घुम्टो (हिन्दि भाषाला घूंघट भनिन्छ) लगाएकी थिइन् | जसलाई सम्हाल्नकै लागि ६ जना खटिएको भिडियोमा देखिन्छ | 


पीपल डट कमको अनुसार, प्रियंकाले भनिन्, "हरेक युवतीको सपना हुन्छ कि उनि आफ्नो विवाहको दिन राजकुमारी जस्तो लागोस् | तर म जे चाहन्थें, त्यसको बारेमा मैले कुनै योजना बनाएकि थिइन |" 

एक्ट्रेस प्रियंकाको अनुसार आफ्नै देशमा आफ्ना आफन्त र परिवार तथा साथीहरुसंग ठूलो विवाह गर्नु अविश्वसनीय थियो | उम्मेद भवन प्यालेसमा भएको भव्य विवाह समारोहमा २२५ अतिथि पुगेका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!