नगर गोल्डकपको उपाधी रेड स्टार झापालाई

Posted on: 17 Dec, 2018


कमल घिमिरे।पौष२।पाँचथर,पाँचथररको फिदिम नगरपालीका ७ रानिटारमा सम्पन्न भएको प्रथम फिदिम नगर गोल्डकपको उपाधी रेड स्टार स्पोर्टिङ क्लब झापाले हात पारेको छ । 

आइतबार भएको फाइनल खेलमा आठराई मितेरी क्लब तेह्रथुमलाई ३–० गोल अन्तर्गतले पाखा लाउँदै उपाधी हात पारेको हो । झापाका लागी सरोज कार्कीले २ र शक्ति राईले १ गोल गरेका थिए । तेह्रथुमका खेलाडीले केही मौका पाएपनि गोल गर्न सकेनन् भने झापाका खेलाडीले तुलनात्मक रुपमा राम्रो खेलेका थिए । जितसँगै रेडस्टारले नगद १ लाख रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ भने उप विजेता आठराई मितेरीले नगद ५० हजार रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ । 

विजेता तथा उप विजेता टिमलाई प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तेजकुमार कुरुम्बाङ,फिदिम ७ का वडा अध्यक्ष गोपाल गुरुङ,राप्रपाका जिल्ला अध्यक्ष जगत थापा,झापा–११ फुटबल क्लबका अध्यक्ष तथा फसटबल संघ झापाका पूर्व अध्यक्ष जलकुमार गुरुङ लगायतले पुरस्कार ट्रफी र मेडल वितरण गरेका थिए । 

गत मंसिर २६ गतेबाट सुरु भएको प्रतियोगीतामा झापा,इलाम,तेह्रथुम ताप्लेजुङ र पाँचथर गरी ८ टिमको सहभागीता रहेको थियो ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!