‘ए’ डिभिजन लिग : बारौँ चरणका खेल सोमबारदेखि

Posted on: 30 Dec, 2018

पुस १५, काठमान्डौ (रासस) : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् । 

एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीनतीन खेल हुने र बुधबार एक खेल हुनेछ । 

सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन् । सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । 

एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शत्प्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बन्यो । 

उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सङ्कटा क्लब २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचौं  स्थानमा छ । 

त्यसैगरी १७ अङ्कसहित हिमालयन शेर्पा छैटौं,  समान १७ अङ्क जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) सातौँ, १५ अङ्कसहित च्यासल युथ क्लब आठौँ र ११ अङ्क जोडेको जावलाखेल युथ क्लब नवौँ स्थानमा छ । दश अङ्क रहेको सरस्वती दशौँ  स्थानमा छ भने ९ अङ्क जोडेको फ्रेण्डस क्लब एघारौँ स्थानमा छ । त्यस्तै ६÷६ अङ्क रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः ब्रारौं र तेरौं स्थानमा छन् । न्यूरोड टिम (एनआरटी) पाँच अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!