फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११लाई

Posted on: 14 Jan, 2019


कमल घिमिरे।पौष३०।पाँचथर,पाँचथरको फिदिममा सम्पन्न १० औँ सँस्करणको रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि झापा–११ ले जित्न सफल भएको छ । फिदिम उच्च माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

झापाको जितमा पुजन उपरकोटिले उत्कृष्ट प्रदर्शन गरी नायक बने । उनले खेलको २३ औँ र ८३ औँ मिनेटमा २ गोल गरे ।  प्रतिस्पर्धात्मक खेलमा ७२ औँ मिनेटमा आर्मिका राजिब गुरुङले १ गोल गरी खेललाई बराबरि गरे । अन्तिम ७ मिनेटको समय सम्हालिन नसक्दा आर्मी गोल खान पुग्यो । ८३ औँ मिनेटमा झापा–११ का पुजन उपरकोटिले विजयी गोल गर्दै टिमलाई उपाधि दिलाए । जितसँगै झापाले आकर्षक ट्रफिसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्दा आर्मीले २ लाख रुपैयाँमा चित वुझायो ।


फाइनल खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता राजिब गुरुङ भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको विधागत तर्फपनि झापाकै वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडि झापाका देबेन्द्र तामाङ भए । उनले यामाहाको मोटरसाइकल पाए । प्रतियोगितामा ४ गोल गरेका झापाका कर्ण लिम्वू सर्वाधिक गोलकर्ता बने । उनले नगद १५ हजार पाए । बेस्ट मिडफिल्ड झापाका पुजन उपरकोटि, बेष्ट फरवाड दिलेन लोक्तान, बेष्ट गोलकिपर मनोज प्रधान र बेष्ट कोच प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको बेस्ट डिफेन्डर भने आर्मिका युद्ध शाहि बने । उनले पनि नगद १० हजार पाए । प्रतियोगिताको उदयीमान खेलाडि भने आयोजक फिदिम स्पोर्टिङ क्लवका प्रबिन जवेगु बन्दै नगद १० हजार पाए । फिदिम स्पोर्टिङ क्लव पाँचथर र पाँचथर फुटवल संघको संयुतm आयोजनामा गत पौष २१ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजन क्लवहरुसहित १० टिमले सहभागिता जनाएका थिए । पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप नेपालको १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झानामा विगत १० वर्षदेखि आयोजना हुदैं आएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!