भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

Posted on: 24 Jan, 2019

माघ १०, काठमाडौँ | भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो । 


यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो । 

यसमा सहरी विकास मन्त्रालय पनि सहमत भइसकेको र तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने मन्त्रालयबीच प्रारम्भिक छलफलमा सहमति भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!