फुटवल उपाधी सुर्खेतले जित्यो

Posted on: 28 Feb, 2019

फागुन १७, सुर्खेत । आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत सुर्खेतमा भएको कर्णाली प्रदेशको फुटबल उपाधी सुर्खेतले जितेको छ । बिहिबार भएको फाईनलमा खेलमा हुम्लालाई ४–२ गोल अन्तरले पराजित गर्दै सुर्खेतले जितेको हो ।

वीरेन्द्रनगरको रंगशाला मैदानमा भएको अन्तिम फाइनल खेल अवधिमा गोल हुन नसकेपछि खेल ट्राइबेकर पुगेको थियो । प्रतियोगिताको निर्धारित समयमा प्रतिष्पर्धात्मक भएको खेलमा कुनै गोल हुन नसकेपछि ट्राइबेकरबाटै सुर्खेतले जितेको हो । फाइनल खेलमा धेरै समय बल आफ्नो नियन्त्रणमा राखेको सुर्खेत पटक–पटक गोल हान्ने अबसर पाएपनि जाली चुम्न सकेन् । 

प्रतियोगितामा हुम्लाले पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सही सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो । ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गरेका थिए । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरेपनि चक्रबहादुर लामा र लक्ष्मण बोहराले गोल गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाईनलमा कालिकोटलाई पराजित गर्दै फाईनल पुगेको थियो । लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउदै फाईनल प्रबेश गरेको थियो ।


बिहिबार नै भएको अर्को खेलमा कालिकोटलाई हराउँदै मुग तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइब्रेकरमा मुगुले कालिकोटलाई ३–१ गोल अन्तरले हराउँदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता ग¥यो । खेल सकिन् केहि समय मात्रै बाँकी रहँदा मुगुले पेनाल्टी पाएपनि त्यसलाई सदुपयोग गर्न नस्कदाँ खेल ट्राइब्रेकरमा धकेल्लिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!