पर्वतले तेक्वान्दोमा ५ गोल्ड मेडल जिल्यो

Posted on: 01 Mar, 2019

पर्वत । पर्वतले तेक्वान्दोमा पाँच गोल्ड मेडल जितेको छ । आठौ राष्ट्रिय खेलकुदको लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पर्वतले ५ गोल्ड मेडल सहित, तीन सिल्भर र २ काँस्य पद जितेको हो ।

गोल्ड मेडल जितेका खेलाडी आठौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको नेतृत्व गर्दै सहभागी हुनेछन् ।

प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश सिलवाल (६३केजी), इश्वर नेपाली (७४ केजी), लगन श्रेष्ठ (८० केजी), उत्तम मल्ल (८७केजी) र दिपक फगामी पुन (८७ पलस) मा पर्वतलाई गोल्ड मेडल जिताएका हुन् ।

त्यस्तै पर्वतको लागि तीन जनाले सिल्भल मेडल जितेका छन् । सिल्भर मेडल पाउनेमा गणेश नेपाली (५८ केजी), सोनिया माझी (४६), अमिसा सुवेदी (६७) रहेका छन् ।

त्यस्तै कास्य मेडल जित्नेमा आस्था शर्मा (४९केजी) र सुजन रोका (६८ केजी) रहेका प्रशिक्षक भरत श्रेष्ठले बताए ।
उनका अनुसार पुम्से ग्रुपमा सोनिया माझी, ज्योति क्षेत्री, जशिमा महतो, महिला सिङ्गलमा आस्था शर्मा, पुम्से पुरुषमा शमिर थापा मगर, मिलन विक र प्रशान्त परियारले जितेका छन्। पुरुष पुम्सेमा शमिर थापा मगर र पियर मेलमा समिर थापा मगर र आस्था शर्माले मेडल पाएका हुन् । खेलमा ८ जिल्ला सहभागी भएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले छनोट प्रतियोगितामा खेलाडिहरुले देखाएको प्रदर्शनीले राष्ट्रिय प्रतियोगितामा पनि उपाधि जिताउने आफूले विश्वास लिएको बताए । उनले खेलाडिहरुको प्रर्दशनले आफूलाई राष्ट्रिय प्रतियोगितामा पनि पद मिल्ने विश्वास रहेको बताए ।

पर्वत तेक्वान्दोका अध्यक्ष इन्द्रमान खत्रीले खेलाडिहरुले कुशलताका साथ खेलेका कारण पनि यो सफलता पर्वतलाई मिलेको बताए । उनले खेलाडिहरुको मनोबल उच्च राख्नको लागि जिल्ला खेलकुद विकास समितिले आवश्यक पूर्वधार तयार पार्नुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!