नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

Posted on: 10 Mar, 2019

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो | 

कल्याण उच्च माध्यामिक बिद्यालय र बालकुमारी युवा कल्बको सहयोगमा उक्त प्रतियोगिता दुप्चेस्वर गाउँपालिका वडा नं ५ स्थित कल्याण उ.मा.बि बालकुमारीको खेलमैदानमा आगामी चैत ६ गतेदेखि संचालन हुने भएको छ |  

उक्त प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले चैत्र ५ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ | प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको छ | पहिलो दुप्चेस्वर कप २०७४ चैत्रमा भएको थियो |

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः रु एक लाख २५ हजार, रु ७५ हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कार दिइने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सभरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समुहले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!