IPL- राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै किंग्स इलाभेन पंजावको पहिलो जित

Posted on: 26 Mar, 2019

चैत १२, काठमाडौँ | आइपीएल सिजन १२ अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै किंग्स इलाभेन पंजावले यस सिजनको पहिलो जितको खाता खोलेको छ |

टस जितेर फिल्ड रोजेको राजस्थानलाई हराउने क्रममा किंग्स ईलाभेन पंजावले पहिले ब्याटिङ गर्दै क्रिस गेलले ४७ बलमा ७९ रन, सरफराज खानले नट आउट २९ बलमा ४६ रन, मयंक अग्रवालले २४ बलमा २२ रन, निकोलस पुरणले १२, लोकेश राहुलले ४ बलमा ४ रन र मनदीप सिङले नट आउट रही २ बलमा ५ रन जोडे | यसरी किंग्सले राजस्थानलाई पुरा २० ओभरमा १८५ रन को लक्ष्य प्रस्तुत गर्यो | किंग्ससँगको विकेट लिने क्रममा बेन स्टकले २, धावन कुल्कर्नी र क्रिश्नप्पा गौतमले १/१ विकेट लिएका थिए | 



१८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान जोस बटलरले नट आउट रही ४३ बलमा ६९ रन जोडे | त्यस्तै संजु सामसनले ३० रन, अजिंक्य राहनेले २७ रन, स्टेभ स्मीथले २० रन जोडे बाँकी खेलाडीले ६ रन कटाउन नसक्दा राजस्थान रोयल्सले किंग्स ईलाभेन पंजावले दिएको १८५ रनको लक्ष्य भेट्न सकेन | अन्तिम ओभरसम्म आफ्नो जितको सम्भावना कायमै राखेको राजस्थान रोयल्स अन्तिम ओभरमा खेलमा फिर्ता हुन सकेन | राजस्थानलाई लक्ष्यमा पुग्न नदिने क्रममा किंग्स इलाभेन पंजावका सम कुरन, मुजीब उर रहमान र अंकित राजपुतले समान २/२ विकेट लिए भने रविचन्द्र आस्वीनले १ विकेट लिएका थिए |


खेलमा किंग्सका रविचन्द्र आस्वीनले १ विकेट मात्र लिएनन् उनले २४ बलमा २० रन मात्र दिएर जितका लागि महत्वपूर्ण खेल खेले | सोमबारको खेलमा म्यान अफ द म्याच क्रिस गेल बने | 

आईपीएल सिजन १२ मा अब भोलीको खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच बेलुका ८:१५ बजे हुनेछ | 

आइपीएल सिजन १२ अन्तर्गत ८ टिमले प्रतिष्पर्धा गर्दैछन् | जसमा दिल्ली क्यापटल, किंग्स इलाभेन पंजाव, चेन्नई सुपर किंग्स, कोलकाता नाइटराइडर्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेंजर्स ब्यांग्लोर, राजस्थान रोयल्स र मुम्बई इन्डियन्स रहेका छन् | 

हालसम्म ४ खेल सम्पन्न भईसकेको अवस्थामा हेर्नुहोस् आइपिलएलमा कुन टिम कतिऔं स्थानमा छ ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!