IPL क्रिकेट: सन्दिप लामिछानेको टिम दिल्ली चेन्नईसँग ६ विकेटले पराजित

Posted on: 27 Mar, 2019

चैत १२, काठमाडौँ | इंडियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ५ औं खेलमा फिरोजशाह कोटला स्टेडियममा दिल्ली क्यापिटललाई चेन्नई सुपरकिंग्सले ६ विकेटले पराजित गरेको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई ६ विकेट गुमाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जुन लक्ष्यलाई चेन्नईले १९.४ ओभरमा पुरा गर्दै जित हाँसिल गर्यो । 

खेलमा दिल्लीका ओपनर पृथ्वी सावले १६ बलमा २४ रन जोडे भने अर्का ओपनर शिखर धावनले ४७ बलमा ५१ रङ जोडे । त्यस्तै रिसव पन्तले १३ बलमै २५ रन जोडे भने श्रेयस ऐयरले २० बलमा १८ रन जोडे । त्यस्तै कोलिन इनग्रामले २ रन र नटआउट रही अक्षर पटेल र राहुल टेवतियाले क्रमश ९ र ११ रन जोडे । यसरी ६ विकेटको क्षतिमा दिल्लीले १४७ रनको स्कोर जोड्यो ।  


दिल्लीबिरुद्ध फिल्डीङको क्रममा चेन्नईका द्वाने ब्रावोले ३ विकेट लिन सफल भए । त्यस्तै दिपक चाहर, रविन्द्र जाडेजा र इमरान ताहिरले १/१ विकेट लिए । 

दिल्लीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किंग्सका सेन वाटसनले ४४ रन, अम्बाती रायाडूले ५ रन, सुरेस रैनाले ३० रन, केदार ज्यादभले २७ रन, कप्तान एमएस धोनीले नट आउट रही ३२ रन र अन्त्यमा ब्याटिङ सम्हालेका ब्राभोले ४ रन जोडे । यसरी चेन्नईले १४८ रनको लक्ष्य १९.४ ओभरमा पुरा गर्दै १५० रन बनाउँदा दिल्ली पराजित बन्यो । चेन्नईको विकेट लिने क्रममा दिल्ली क्यापिटलका अमित मिश्रले २ विकेट, इसान्त शर्माले १ विकेट, कागीसो रबडाले १ विकेट लिए । तर दिल्लीले खेलमा जित्न सकेन । आइपिएल सिजन १२ को खेलमा चेन्नईको यो लगातार दोश्रो जित हो भने दिल्लीको पहिलो हार हो । यस अघि दिल्लीले १ जित दर्ता गरिसकेको छ । 


दिल्लीको तर्फबाट यस पटकको आइपीएलमा सन्दिप लामिछानेले पनि खेल्दैछन् तर दिल्लीको दोश्रो खेलसम्म सन्दिपले खेलमा उत्रने अवसर पाएका छैनन् । मंगलबार रातिको खेलमा दिल्लीको कमजोर फिल्डीङबारे बोल्दै कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका थिए ।

अब आइपीएल सिजन १२ अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पन्जावबीच खेल बेलुका ८:१५ बजे हुनेछ  ।

आइपीएलको पाँचौ खेलसम्मको अवस्था हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!