IPL क्रिकेट: रैना र जडेजाको जोडीले चेन्नईलाई जिताए

Posted on: 14 Apr, 2019

वैशाख १, काठमाडौं । सुरेश रैना र रविन्द्र जडेजाको जोडीले चेन्नई सुपर किङ्ग्सलाई आईपीएलमा अर्को अन्तिम ओभरको जित दिलाएका छन् । रैना र जडेजाको अविजित ४१ रनको साझेदारीसँगै आइतबार चेन्नईले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।


कोलकत्ता घरेलु टोलीले दिएको १६२ रनको लक्ष्य चेन्नईले अन्तिम २ बल बाँकी ५ विकेट गुमाएर भेट्टायो । रैना ५८ र जडेजा ३१ रनमा अविजित रहे । 

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । उसका क्रिस लायनले ८२ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । चेन्नईका इमरान ताहिर एक्लैले चार विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!