IPL क्रिकेट: हैदरावादद्वारा चेन्नई ६ विकेटले पराजित (८ टिम कुन-कुन स्थानमा ?)

Posted on: 18 Apr, 2019

वैशाख ५, काठमाडौँ | आइपीएल सिजन १२ अन्तर्गत बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आइपीएलको ३३ औं खेल अन्तर्गत बुधबार राति भएको खेल राजीव गान्धी स्टेडियममा चेन्नई सुपरकिंग्सलाई सनराइजर्स हैदराबादले जित हासिल गरेको हो । 


हैदरावाद बिरुद्धको खेलमा कप्तान महेन्द्र सिंह धोनीले खेलेका थिएनन् । जसको अभाव चेन्नईले व्यहोर्नु परेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले हैदराबादलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा उत्रिएको हैदराबादले ४ विकेटको क्षेतीमा १६.५ ओभरमै चेन्नईले दिएको लक्ष्य पुरा गरिदियो । 

चेन्नईले यस सीजनमा बुधबारको खेलसम्ममा ९ खेल मध्ये ७ खेल जितिसकेको छ जो अझै पनि शिर्ष स्थानमै छ । चेन्नईले १४ अंक पाईसकेको छ । बुधबार रातिको खेल जितेको भए चेन्नईले १६ अंक पाएर प्लेअफ मा पुग्थ्यो तर बुधबार रातिको खेलमा पराजित भएर चेन्नईले उक्त अवसर गुमाउन पुग्यो ।


चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्ने क्रममा सेन वाटसनले २९ बलमा ४ चौका सहित ३१ रन, फाफ डुप्लेसीले ३ चौका र ३ छक्का सहित ३१ बलमा सर्वाधिक ४५ रन, सुरेश रैनाले १३ बलमा १३ रन, अम्बती रायादुले नट आउट रही २१ बलमा २५ रन, केदार जादभले मात्र २ बल खेलेर १ रन बनाए भने साम बिलीन्गसले ४ बलमा कुनै रन बनाउन सकेनन् । त्यस्तै खेलमा रविन्द्र जाडेजाले नट आउट रही २० बलमा १० रन मात्र बनाउन सके । यसरी चेन्नईले जम्मा १३२ रन मात्र बनाउन सक्यो । चेन्नईको विकेट लिने क्रममा हैदरावादका रशिद खानले १३ डट बल खेल्दै २ विकेट लिए भने खलिल अहमद , सहबाज नदीम र विजय शंकरले १/१ विकेट लिए । 


खेलमा हैदरावादको लागि जोनी बाइर्स्तोले नट आउट भई ४४ बलमा सर्वाधिक ६१ रन बनाए । उनले ३ छक्का र ३ चौका प्रहार गरेर उक्त स्कोर जोडेका हुन् । त्यस्तै अर्का ओपनर डेभिड वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रन जोडे । ओपनरहरुको निकै उत्कृष्ट पर्दर्शनले सुरुवातमै चेन्नई दवाबमा परेको थियो ।


खेलमा यी खेलाडीका अलावा केन विलियमसनले ५ बलमा ३ रन, विजय शंकरले ११ बलमा ११ रन, दीपक हुडाले १६ बलमा १३ रन र युसुफ पठानले कुनै बल खेल्न नपाई हैदरावादले चेन्नईले दिएको लक्ष्य पुरा गर्न सफल भयो । हैदरावादको विकेट लिने क्रममा इमरान ताहिरले २ विकेट लिए भने दीपक चाहर र कर्ण शर्माले १/१ विकेट लिए । 


३३ औं खेलसम्ममा ८ टिमको प्वाइन्टटेवल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!