आईपीएलः राजस्थानद्वारा कोलकाता पराजित (८ टिम कुन-कुन स्थानमा ?)

Posted on: 26 Apr, 2019

वैशाख १३, काठमाडौँ | ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले १७६ रनको लक्ष्य प्रस्तुत गरेकोमा उक्त लक्ष्यलाई राजस्थान रोयल्सले १९.२ ओभरको खेलमा पुरा गर्दै विजय हाँशिल गरेको हो । बिजेता बनेसँगै राजस्थान यस सिजनको ११ खेलमा ८ अंक सहित सातौँ स्थानमा पुगेको छ । आजको खेलमा जितेसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जिवितै छ । तर रनरेटको आधारमा समान अंक भए पनि विराट कोहलीको टिमलाई राजस्थान रोयल्सले पछाडी धकलेको छ । 


खेलमा पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि दिनेश कार्तिकले नट आउट ९७ रनको योगदान दिए । यस्तै सुवमन गिलले १४, नितिस रानाले २१, सुनिल नारिनले ११ र आन्द्रे रसेलले १४ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलमा कोलकाताविरुद्ध भरुन आरोनले २ तथा ओसान थुम्सा, श्रेयस गोपाल र जयदेव अनाडकटले समान एक/एक विकेट लिए ।


१७६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सका लागि अजिंक्य राहाड़ेले २१ बलमा ३४ रन, संजु सामसनले २२ रन, स्टेभ स्मिथले २ रन, बेन स्टकले ११ रन, रियान परागले सर्वाधिक ४७ रन, स्टुवर्ट बिन्नीले ११ रन, श्रेयस गोपालले १८ रन र जोफ्रा आर्चरले नट आउट रही १२ बलमा निकै २७ रनको पारि खेले । यसरी राजस्थान रोयल्सले ४ बल बाँकी छंदै लक्ष्य हाँशिल गर्यो र १७७ रनको स्कोर खडा गरिदियो । राजस्थानको ७ विकेट लिने क्रममा पिउस चावलाले ३ विकेट, सुनिल नारानेले २ विकेट र प्रसिद्ध कृष्ण तथा आन्द्रे रसेलले समान १/१ विकेट लिए । 

आइपीएल सिजन १२ को ४३ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुनेछ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!