IPL क्रिकेट: १०९ रनमै चेन्नई अलआउट, मुम्बईले ४६ रनले हरायो (अंकतालिका सहित)

Posted on: 27 Apr, 2019

वैशाख १४, काठमाडौँ | मुम्बई इंडियन्सले आइपीएलको ४४ औं खेलमा चेन्नईलाइ ४६ रनको फराकिलो स्कोरले पराजित गरिदिएको छ । कप्तान रोहित शर्माको शानदार ब्याटिङमा लसिथ मलिंगाको शानदार बलिङको बलमा मुम्बईले चेन्नईको पुरै टिमलाई मात्र १०९ रन मात्र बनाउन दिएर विजय हाँशिल गरेको हो ।


मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटमा १५५ रन बनाएको थियो । चेन्नईको टिमले १७.४ ओभरमा मात्र १०९ रनमा अलआउट भयो ।यो मुंबईको यस सीजनमा चेन्नईको टिम बिरुद्ध लगातार दोश्रो जीत हो । यस अघि मुंबईमा भएको म्याचमा पनि टीमले ३७ रनले जित हाँशिल गरेको थियो ।

मलिंगा र क्रुणालको बालिङले चेन्नईका ब्याट्सक्रम तोड्दै मुम्बईले सानदार खेल पर्दर्शन गरेको छ । मलिंगाले चेन्नईमाथि पहिलो विकेट लिंदै वाटसनलाई आउट गर्यो । टीमको लागि खतरा सावित भएका ड्वेन ब्रावो र मिशेल सेन्टनरको विकेट पनि मुंबईको लागि मलिंगाले लिए । 

मुंबईले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईको शुरुआत निकै खराव थियो । पछिल्लो खेलमा शानदार ब्याट्सम्यान मानिएका ओपनर शेन वाटसन ८ रन मात्र बनाएर आउट भए ।

मलिंगाले वाटसनको राहुल चाहरको हात मार्फत क्याच गराए । आज चेन्नईको कप्तानी गरेका सुरेश रैना मात्र २ रन मात्र बनाएर आउट भए । लगातार फ्लप बन्दै गएका अंबाती रायडूले आफ्नो खाता पनि नखोली आउट भए ।


केदार जाधवको विकेट पनि क्रुणालले मुंबईको झोलीमा हाले । केदार ६ रन मात्र बनाएर पबेलीयन फर्किए । त्यसपछि ध्रुव शौरीको विकेट पतन भयो । लगातार गिरेको विकेटलाई मुरली विजयले केहि आशा दिलाउंदै थिए तर उनि पनि ३८ रन बनाएर आउट भए, उनलाई जसप्रीत बुमराहले १२ औं ओभरको चौथो बलमा आउट गरिदिए ।

मुंबईको लागि मलिंगाले ३.४ ओभरमा ३७ रन दिएर ४ विकेट लिए जबकि क्रुणाल पाण्डे र जसप्रीत बुमराहले २/२ विकेट लिए ।

यसअघि मुंबईले टस हारेर ब्याटिङ गर्दै कप्तान रोहितको ६७ र इविन लुईसको ३२ रनको पारीको सहयोगमा पुरा २० ओभरमा १५५ रनको स्कोर खडा भएको थियो । 


चेन्नईको लागि सेन्टनरले ४ ओभरमा १३ रन दिएर २ विकेट हासिल गरेका थिए । त्यस्तै दीपक चाहर र इमरान ताहिरले १/१ विकेट लिएका थिए । 

आइपीएल सिजन १२ को ४४ औं खेलसम्म आईपुग्दा चेन्नई सुपर किंग्स १२ खेलमा ८ खेल जित्दै सबैभन्दा शिर्ष स्थानमा छ भने मुम्बई इन्दियन्स दोश्रो स्थानमा छ । मुम्बईले ११ खेलमा ७ खेल जित्दै १४ अंक बनाएको छ भने तेश्रो स्थानमा दिल्ली क्यापिटलले समान अंकमा छ । त्यस्तै चौथो स्थानमा सनराइजर्स हैदरावादले १० खेलमा ५ खेल जित्दै १० अंक बनाएको छ । अब २७ अप्रिल (आज बेलुका) सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स आमनेसामने हुनेछन् । राजस्थान रोयल्स ११ खेलमा ४ खेल जित्दै पुछारबाट दोश्रो स्थानमा छ । उसले आजको खेल जिते प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई थप बलियो बनाउने छ । 

अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!