IPL: ब्यांग्लोर र राजस्थान बीचको खेल रद्द, ब्यांग्लोर प्लेअफको सम्भावनाबाट बाहिरियो

Posted on: 01 May, 2019

वैशाख १८, काठमाडौँ | आईपीएल सिजन १२ को ४९ औं म्याच मंगलवार एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले राजस्थान रोयल्सबीच खेल बर्षाको कारण प्रभावित भयो । बर्षा रोकिएपछि ५/५ ओभरमा समेटिएको खेल खेल्न नेपाली समय अनुसार ११: ४१ बजे दुवै टिम मैदानमा उत्रिएका थिए ।


पहिलो इनीङको खेलमा रोएल च्यालेन्जर्स ब्यांग्लोरले ब्याटिङ गर्दै राजस्थानलाई ६३ रनको लक्ष्य प्रस्तुत गर्यो तर दोश्रो इनीङको ३.२ ओभरको खेल चल्दै गर्दा पुन: बर्षा सुरु भएपछि खेल रद्ध भयो र दुवै टिमले १/१ अंक बाँडे । खेल प्रभावित भएर यस सिजनमा पहिलो पटक खेल स्थगित भएपछि खेलमा सबैभन्दा कम अंक पाएर पुछारमा रहेको रोयल च्यालेन्जर्स ब्यांग्लोर यस सिजनमा प्लेअफमा पुग्ने सम्भावनाबाट वाहिरिएको छ । राजस्थान रोयल्स भने अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

बर्षाको कारण ५/५ ओभरमा सिमित भएको खेलमा ब्यांग्लोरले पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सलाई ७ विकेटको क्षेतीमा ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी २५ रन बनाए । खेलमा राजस्थानका श्रेयस गोपालले बिराट कोहली, एबी डेभिलिएर्स र मार्क्स स्टोइनिसको लगातार तीन विकेट लिंदै ह्याट्रिक गरे । 

माथिको तश्वीरमा: राजस्थानका श्रेयस गोपाल

खेलमा ब्यांग्लोरको सुरुवाती निकै राम्रो भएको थियो । खेलमा कोहली र डेभिलियर्सले पहिलो विकेटको लागि १० बलमा ३५ रनको साझेदारी गरेका थिए । डेविलियर्सले ४ बलमा १० रन बनाएर आउट भए । त्यसपछि स्टोइनिस खातानै नखोली पवेलियन फिर्ता भए । गुरकीरत सिंह मान ६ रन बनाएर आउट भए । उनलाई रियान परागले आउट गरेका हुन् । त्यस्तै पार्थिव पटेल ९ रन बनाएर जयदेव उनादकटमार्फत पवेलियन फर्किए । खेलमा ब्यांग्लोरका लागि हेनरिक क्लासेनले ६ रन, गुर्किरात मान सिङले ६ रन, पवन नेगीले ४ रन बनाए । यसरी ब्यांग्लोरले ६२ रन जोडेको थियो । खेलमा ब्यांग्लोरको ७ विकेट लिने क्रममा १/१ ओभर खेलेका राजस्थानका श्रेयस गोपालले ३ विकेट, ओसान थोमसले २ विकेट, रियन परागले १ विकेट र जयदेव उनादकटले १ विकेट लिएका थिए । 

त्यसपछि ब्यांग्लोरले दिएको ६३ रनको लक्ष्यलाई पछ्याउने क्रममा मैदानमा ब्याटिङको लागि उत्रिएको राजस्थानको लागि संजु सामसनले २८ रन जोडे भने लिम लिभिङस्टोनले नटआउट १२ रन जोडेका थिए । ३.२ ओभरको खेल खेल्दै गर्दा बर्षा सुरु भएपछी रेफ्रीहरुले खेल रद्द गर्ने घोषणा गरे र दुवै टिमलाई समान १/१ अंक प्राप्त भयो । जुन अंकले ब्यांग्लोरलाई यस सिजनको प्ले अफमा पुग्ने मौकाबाट आउट गरिदियो । 


आइपीएल सिजन १२ को ४९ औं खेलसम्म आईपुग्दा हाल दुई टिम दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स प्ले अफमा उक्लीईसकेका छन् । बाँकी ५ टिमको प्ले अफमा पुग्ने संघर्ष जारी रहनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!