भीमदत्तमा प्रदेश स्तरिय मेयर कप सुरु

Posted on: 03 May, 2019

बैशाख २०, महेन्द्रनगर । आजदेखि कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला प्रतियोगिता संचालन भएको छ ।

महेन्द्रनगरको खुलामञ्चमा जारी दोसो मेयर कपको सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्धघाटन गरे । खेलकुद क्षेत्रको विकासका लागि  गत वर्षबाट भीमदत्त नगरपालिकाले प्रदेश स्तरीय मेयर कप आयोजना गरेको थियो । 


मेयर कपको उद्घाटन गर्दैँ सामाजिक विकासमन्त्री सुवेदीले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आयोजना गरेको प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताए । उनले खेलाडीको माध्यमद्धारा राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्म चिनाउने भएकोले क्षमतावान खेलाडी उत्पादनका लागि विभिन्न खेलकुद प्रतियोगिको आयोजना हुनु पर्ने बताए ।


सुदूरपश्चिम प्रदेश सरकारले पनि खेल र खेलाडीको विकासका लागि नियमित रुपमा खेलकुद प्रतियोगता  सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ । साथै मन्त्री सुवेदीले आठौँ राष्ट्रिय प्रतियोगितामा पदक विजेता सुदूरपश्चिमका खेलाडीको हौसला बढाउन चाडैँ नै सम्मान कार्यक्रम गर्न लागेको समेत जानकारी गराए । 

त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय खेल भलिबलको विकाससँग सुदूरपश्चिमका स्थानीय तहबिच मैत्रिपुर्ण सम्बन्ध स्थापीत गर्न मेयर कप आयोजना गरिएको बताए । उनले प्रदेश स्तरीय प्रतियोगिताबाट क्षमतावान खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । साथै कप प्रतियोगिता सञ्चालनमा सव्भ एंव भव्य  रुपमा सफल पार्ने नगरवासीलाई आग्रह समेत गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!