IPL क्रिकेट: दिल्लीलाई राजस्थानले दियो ११६ रनको लक्ष्य (टिम ११ मा को-को ?)

Posted on: 04 May, 2019

वैशाख २१, काठमाडौँ | आईपीएल क्रिकेटको ५३ औं खेल शनिवार फिरोजशाह कोटला स्टेडियममा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ११६ रनको लक्ष्य दिएको छ । खेलमा २० ओभरको पुरा खेल खेल्दै ९ विकेट गुमाएर राजस्थानले ११५ रन बनाएको हो । 

टस जितेर ब्याटिङ रोजेको राजस्थानका लागि अजिंक्य रहाणेले ४ बलमा २ रन, लिम लिभिङस्टोनले १३ बलमा १४ रन, सन्जु सामसनले ८ बलमा ५ रन, महिपाल लोमररले ३ बलमा ८ रन, श्रेयस गोपालले १८ बलमा १२ रन र वरुण आरोणले ७ बलमा ३ रन बनाए । त्यस्तै कृष्णप्पा गौतमले ६ बलमा ६ रन र इश सोधीले ११ बलमा ६ रन बनाए । 

आज राजस्थानको लागि सर्वाधिक रनको रेकर्ड रियान परागले बनाए । उनले ४९ बलमा ५० रन बनाई आईपीएलमा सबैभन्दा कम उमेरमा अर्ध सतकको स्कोर बनाउने खेलाडी बन्न सफल भए । 

खेलमा राजस्थान बिरुद्ध विकेट लिने क्रममा अमित मिश्रा र इशान्त शर्माले ३/३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । 

Delhi Capitals (Team 11)


Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Colin Ingram

Sherfane Rutherford

Keemo Paul

Axar Patel

Amit Mishra

Ishant Sharma

Trent Boult

Rajasthan Royals (Team 11)


Ajinkya Rahane (C)

Liam Livingstone

Sanju Samson (W)

Mahipal Lomror

Riyan Parag

Stuart Binny

Krishnappa Gowtham

Shreyas Gopal

Ish Sodhi

Varun Aaron

Oshane Thomas

Standings

यस बिषयमा तपाइको प्रतिक्रिया...!