कोलकाता हार्दा हैदरावाद प्लेअफमा, अबको खेल चेन्नई vsमुम्बई, दिल्ली vs हैदरावाद

Posted on: 06 May, 2019

वैशाख २३, काठमाडौँ | प्लेअफमा पुग्‍न जित्‍नैपर्ने दबाबमा रहेको कोलकत्ता नाइट राइर्डसले इन्डियन प्रिमिएर लिग क्रिकेटमा मुम्बई इन्डियन्सद्वारा ९ विकेटले पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफ चरणमा प्रदेश गरेको छ । १२ अंक सहित हैदरावाद प्लेअफको चौथो स्थानमा छ भने दिल्ली, चेन्नई र मुम्बई क्रमश १८ अंक पाएर तेश्रो, दोश्रो र पहिलो स्थानमा छन् । 


आजको खेलमा टस हारे पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनको सामान्य लक्ष्य दिएको थियो । कोलकत्ताका लागि क्रिस लेयनले सर्वाधिक ४१ रन बनाए । रोबिन उथप्पाले ४० तथा नितेश रानाले २६ रन बनाए । ओपनर शुबमन गिलले ९ रन बनाउँदा कप्तान दिनेश कात्तिक ३ रनमा आउट भएका थिए  । आन्द्रे रसेलले खाता नै खोल्न सकेनन् ।


रिङकु सिंहले ४ रन बनाए । मुम्बईका लासिथा मालिंगाले ३ विकेट लिए । हार्दिक पाण्डेय र बुम्रहाको नाममा २ –२ विकेट रह्यो ।  

खेलमा कोलकाताले दिएको सामान्य १३४ रनको लक्ष्य १६.१ ओभरमै १ विकेट मात्र गुमाएर मुम्बई इन्डीएन्सले पुरा गरेपछि आजको खेलमा मुम्बई इन्डीएन्स नेट रनरेटको आधारमा आइपीएल सिजन १२ को प्ले अफमा शिर्ष स्थानमा पुग्न सफल भएको छ । 


मुम्बईको लागि आजको खेलमा जम्मा ३ ब्याट्सम्यानले लक्ष्य पुरा गरे । खेलमा ओपनर ब्याट्सम्यान क्विनटन डीकोकले २३ बलमा ३० रन प्राप्त गरेर प्बेलियन फर्किए । त्यसपछि खेलमा शुर्यकुमार यादव आए । यादव र रोहित शर्मा मिलेर नट आउट बिजयी लक्ष्य समेट्ने पारी खेले । खेलमा रोहित शर्माले ४८ बलमा ५५ रन र शुर्यकुमार यादबले २७ बलमा ४६ रन बनाए । खेलमा मुम्बईको १ मात्र विकेट प्रसिद्ध कृष्णले लिएका थिए ।

खेलमा म्यान अफ द म्याच हार्दिक पाण्डे बने । उनले कोलकाता बिरुद्ध उत्कृष्ट बलिङ गरेका थिए ।  उनले ३ ओभरको खेलमा २० रन मात्र दिएर २ विकेट लिएका थिए । 

अब आइपीएलको आगामी खेल मे ७ का दिन चेन्नई र मुम्बई खेल्ने छन् भने मे ८ का दिन दिल्ली र हैदरावाद खेल्नेछन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!