विश्वकप क्रिकेटको एसिया छनौटका लागि २५ सदस्यीय नेपाली टोली छानियो, को-को परे ?

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ | विश्वकप क्रिकेटको एसिया छनौटका लागि सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनौट भएका छन् । पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली छनौट गरिएको हो ।

छनोटमा अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसी छन् । त्यस्तै कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शेहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सुदिप जोरा र सुशान भरी पनि टोलीमा छन् । 

विश्वकप क्रिकेटको एसिया छनौटका खेलहरु आगामी जुलाई २० देखि २८ सम्म चल्दैछ ।

यो प्रतिस्पर्धामा सहभागिता जनाउनका लागि आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र नेपाली टोलीका राष्ट्रिय कप्तान पारस खड्काको टोलीले छनौट गरेको थियो । छनौटमा परेका खेलाडीलाई आगामी जुन २० देखि बन्द प्रशिक्षण सञ्चालन हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!