भारतसँग हारेपछि पाकिस्तानको लगातार तेस्रो जित: शीर्ष चारमा उक्लियो

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ | पाकिस्तान १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष चारमा उक्लिएको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गरेपछि पाकिस्तानले सेमिफाइनल प्रवेशको यात्रालाई थप बलियो बनाएको हो । 

भारतसँग हारेपछी पाकिस्तानले लगातार आज सहित तीन खेल जितेको छ । उसले यस अघि दक्षिण अफ्रीका र न्यूजील्याण्डलाई पराजित गरेको थियो । अब सुले अन्तिम-४ मा आफ्नो स्थान पक्का गर्नको लागि आफ्नो अन्तिम खेल अब ५ जुनमा बंगलादेशलाई जित्नुपर्ने हुन्छ । 


आजको खेल हेडिङले कार्जी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २३० रन पूरा गर्‍यो । पाकिस्तानका लागि इमाव विशमले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल–हक ३६, हरिश सोनी २७, शर्फराज अहमेद १८, अहव रिज १५ र शाहव खानले ११ रनको योगदान गरे । 

बलिङतर्फ अफगानिस्तानका लागि  मुजीब उ र्रहमान रमोहम्मद नाबीले समान दुई-दुई विकेट लिए । त्यस्तै रशिद खानले एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन पूरा गर्‍यो ।  


अफगानिस्तानका लागि अस्घर अफगान र नजिबउल्ला जद्रानले समान ४२–४२ रनको योगदान गरे । त्यस्तै रहमत शाह ३५, इकरम अलिखिल २४, शमिउल्लाह सिनवारी १९, मोहम्मद नइब १६ र गुल्बदीन नइब १५ रनको योगदान गरे ।  बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै इमाद वसीम र इमद वशिमले सामन दुई–दुई विकेट लिए । पाकिस्तानका लागि शादाब खानले एक विकेट लिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!