मलेसियामा जारी एसिसी क्रिकेटको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ | मलेसियामा जारी एसिसी को दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ ः४५ बजे प्रारम्भ हुनेछ ।

 नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । 

विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो ।

त्यसैगरी समूह ‘बी’मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ । नेपालले यू–१९ उमेर समूहको खेलमा लामो समयदेखि सिङ्गापुरसँग खेलेकामा नतिजा पनि  नेपालकै पक्षमा  आएको थियो । 

पछिल्लो पटक गत अप्रिलमा मलेशियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । त्यस्तै सन् २०१७ मा सिङ्गापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!