आज नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौं | मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आज सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता बन्नु हुनेछ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।

अघिल्लो खेलमा ६ विकेट लिएका सागर ढकालको प्रर्दशन सिंगापुरविरुद्व हेर्न लायक हुनेछ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा विस्फोटक ब्याटिङ गरेका पवन सरार्फ र रित गौतमको ओपनिङ जोडीको समेत बास्तविक परिक्षण हुनेछ ।

सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!