विश्वकप क्रिकेटमा अफगानिस्तान 'शुन्य', लगातार ९ खेलसम्म हारै-हार

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौं | जारी विश्वकप अफगानिस्तानको लागिउ सबैभन्दा खराव बनेको छ । भारतलाई समेत टक्कर दिनेगरी क्रिकेट खेलेको अफगानिस्तानले जारी विश्वकपमा आफ्नो सबै ९ खेलमा ९ खेलमै कुनै जित निकाल्न सकेन ।

आफ्नो अन्तिम खेलमा वेष्ट इन्डिजले समेत पराजित गरेपछि उसको यात्रामा शुन्य अंक हाता लागेको छ । अफगानिस्तानले जारी विश्वकपमा शुन्य अंकमै यात्रा टुङ्ग्याएको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजले विश्वकपको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै आफ्नो यात्राको विदाई शुखद् बनाएको हो ।


योसँगै युर्निभर्सल बोस अर्थात क्रिस गेलको पनि आफ्नो करियरको अन्तिम एकदिवसिय विश्वकपमा सन्तोषजनक विदाइ भएको छ । विश्वकपमा उनी आफैले पनि अपेक्षा अनुसार खेल्न भने सकेनन् । यद्यपी बिहीबारको खेलमा जीत हात पार्दा सन्तुष्ट भएर क्यारेबियन टोली घर फर्किएको छ ।

यता एसियाली टोली अफगानिस्तानले विश्वकपमा कुनै पनि खेलमा जीत हात पार्न सकेन । बलियो टोलीहरुसँग सन्तोषजनक खेलेपनि जीत हात पार्न भने असफल भयो । बिहीबार राति भएको विश्वकपको अन्तिम खेलमा वेष्ट इन्डिजसँग २३ रनले हारेको हो ।


टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरको खेल पुरा खेल्दै सबै विकेट गुमाएर २८ड रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि इक्रम अलि खिलले ८६ रन, रहमत शाहले ६२ रन, अस्गार अफगानले ४० रन र नजबुल्लाह जद्रानले ३१ रन बनाएका थिए ।

अफगानिस्तानलाई २८८ रनमा रोक्न वेष्ट इन्डिजका कार्लोस बार्थबेटले ४ विकेट लिए भने केमर रोचले ३ विकेट लिँदा ओसाने थोमस र क्रिस गेलले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाउँदा निकोलस पुरान र इभान लुइसले समान ५८–५८ रना बनाएका थिए भने जसन होल्डरले ४५ रन र सिमरोन हेटमायरले ३९ रन बनाएका थिए ।

वेष्ट इन्डिजविरुद्ध अफगानिस्तानका दावलत जद्रानले २ विकेट लिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!