भारतीय ब्याट्सम्यान रोहितद्वारा विश्वकपमा सर्वाधिक शतकीय रेकर्ड, श्रीलंकाबिरुद्ध खेल हुँदै

Posted on: 06 Jul, 2019

असार २१, काठमाडौँ | भारतीय ब्याट्सम्यान रोहित शर्माले जारी एकदिवसीय विश्वकपमा ५ औं शतकीय पहिलो रेकर्ड बनाउन सफल भएका छन् । जारी विश्वकपको ८ खेलबाट रोहितले ५ पटक शतकीय पारी खेलेर नयाँ रेकर्ड बनाउन सफल भएका हुन् । 

यसअघि विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार संगकाराले ४ पटक शतकीय पारी खेलेर विश्वकपमा रेकर्ड राखेका थिए । अघिल्लो खेलमा रोहितले संगकाराको उक्त रेकर्डलाई टक्कर दिएका थिए भने आजको खेलबाट उनको रेकर्डलाई तोड्दै आफुलाई पहिलो स्थानमा राख्न सफल भएका छन् । 

जारी विश्कपमा रोहितले आफ्नो ८ खेलको पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध नटआउट १२२ रन, अष्ट्रेलिया विरुद्ध ५७ रन, पाकिस्तान विरुद्ध १४० रन, अफगानिस्तान विरुद्ध १ रन, वेस्टइन्डिजबिरुद्ध १८ रन, इंग्ल्याण्ड विरुद्ध १०२ रन, बंगलादेशविरुद्ध १०४ रन र श्रीलंका विरुद्ध १०३ रन बनाए ।

रोहितले यस विश्वकपमा यस अघिको खेलबाटै ४ शतकीय पारी खेलेर भारतका अर्का खेलाडी सौरव गांगुलीको ३ शतकको रेकर्ड तोडिदिएका थिए । त्यस्तै रोहितले विश्वकपको आफ्नो खेलमा सर्वाधिक शतकको समेत रेकर्ड बनाउने क्रममा छन् । रोहितले आफ्नै देशका प्रशिद्ध ब्याट्सम्यान सचिन तेन्दुलकरको सर्वाधिक ६ सताकको रेकर्डलाई पनि टक्कर दिएका छन् । 


सचिनले यसअघि विश्वकपमा ६ शतक प्रहार गरेका थिए । आजको खेलमा शतक प्रहार गरेसँगै रोहितले पनि विश्वकपमा ६ शतक बनाएका छन् । 

आजको खेलसँगै विश्वकपमा सर्वाधिक शतक बनाउनेमा रोहित (६ शतक) पहिलो नम्बरमा, सचिन तेन्दुलकर (६ शतक) दोश्रो स्थानमा, कुमार संगकारा (५ शतक) तेश्रो स्थानमा र रिकी प्यान्टिङ (५ शतक) चौथो स्थानमा रहेका छन् । विश्वकपमा यसअघि २०१५ मा कुमार सँगकाराले ४ शतक, १९९६ मा मार्क वा (अष्ट्रेलिया) ले ३ शतक र २००३ मा सौरव गांगुली (भारत) ले ३ शतकीय पारी खेलेका थिए । 

जारी विश्वकपमा अहिले श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले पछ्याउदैछ । यो समाचार तयार पार्दासम्म भारतले ३३.५ ओभरको खेलमा मात्र १ विकेटको क्षेतीमा २०६ रन बनाइसकेको छ । भारत यस अघिनै जारी विश्वकपको सेमीफाइनलमा पुगिसकेको छ । खेलमा १०३ रन बनाएर रोहित शर्मा आउट भएका छन् भने भारतका अर्का ब्याट्सम्यान के.एल राहुल शतकको नजिक छन् । केएल राहुलसँग यतिखेर कप्तान विराट कोहलीले पारी सम्हालिरहेका छन् । कोहलीले १२ बलमा ८ रन बनाएका छन् भने राहुलले ९६ रनमा ९० रन बनाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!