ICC Ranking मा इंग्ल्याण्ड पहिलो, टप-15 मै नेपाल (सूची हेर्नुहोस)

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ | विश्वकप २०१९ को नतिजासंगै आईसीसीले ताजा र्यांकीङ सार्वजनिक गरेको छ, जसमा यो पटकको विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । भारतको ब्याट्सम्यान विराट कोहली र बलरमा जसप्रीत बुमराह भने विश्वकपका टप खेलाडीको रुपमा रहेका छन् । 

आईसीसी वर्ल्डकप-2019 मा च्याम्पियन बनेको (इंग्ल्याण्ड) र रनरअप (न्यूजील्याण्ड) टीमका खेलाडीले ताजा वानडे र्यांकीङमा धमाका मच्च्चाएका हुन् । न्यूजील्याण्डका कप्तान केन विलियमसनलाई ब्याट्सम्यानको सूचीमा दुई स्थान अगाडी जाने अवसर पनि यो विश्वकपले दिएको छ, जबकिइंग्ल्याण्डका जेसन रोय पहिलो पटक शीर्ष-१० मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

त्यस्तै बलरमा इंग्ल्याण्डका क्रिस वोक्स ६ स्थान अगाडी आएका छन् । जुन उनको करियरको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यस्तै न्यूजील्याण्डका म्याट हेनरी ५ स्थानले छलाङ मार्दै १० औं स्थानमा आएका छन् । 

नेपालको ICC T20 International Ranking 

नेपालको ICC ODI Ranking 



यस बिषयमा तपाइको प्रतिक्रिया...!