आइपिएल क्रिकेट: दिल्लीलाई घर पठाउँदै बैंग्लोर दोस्रो स्थानमा

Posted on: 26 May, 2016

जेठ १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा रोयल च्यालेन्सर्ज बैंग्लोर १६ अंकसहित दोश्रो स्थानमा पुगेको छ ।

खेलमा दिल्ली डेयरडेभिल्स्लाई ६ विकेटले पराजित गर्दै बैंग्लोर खेलको प्लेअफमा पुगेको हो । नेट रनरेटका आधारमा बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा पर्न सफल बनेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । आइतबारको खेलमा दिल्लीका क्वान्टन डि कोकले सर्वाधिक ६० रन बनाए ।

दिल्लीले दिएको १ सय ३९ रन लक्ष्यलाई बैंग्लोरले ११ बल बाँकी छदै ४ विकेटको क्षतिमा भेट्टाउन सफल बन्यो । बैंग्लोरका लागि खेलको सुरुमा क्रिस गेलले १ रन र एबी डि भिल्लियर्स जम्मा ६ रन बनाएर आउट भएपछी खेलको खराब स्थिति देखिएको थियो । तर खराब सुरुवात भएपनि कप्तान विराट कोहलीले खेल जितको लयमा फर्काएका थिए । उनको उत्कृष्ट प्रदर्शनसँगै बैंग्लोरले जित सुनिश्चित गर्‍यो ।

कोहलीले ४५ बलमा नटआउट ५४ रन बनाए । त्यस्तै बैंग्लोरका लागि लोकेश राहुलले ३८ र स्टुअर्ट बिन्नीले १६ रनको योगदान थिए ।

यससँगै बैंग्लोरले अब मंगलबार गुजरात लायन्ससँग क्वालिफायर खेल खेल्नेछ । गुजरात १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आइपीयलको प्लेअप सनराइजर्स हैदरावाद र कोलकत्ता नाइड राइडर्स क्रमश: तेश्रो र चौथो स्थानमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!