दिल्लीलाई हराए लगत्तै मैदानमै मोबाइलमा कोसँग कुरा गर्दैछन्, कोहली ?

Posted on: 26 May, 2016

म्याचपछी मोबाइलमा व्यस्त बने बिराट | उनले फोनमा कुरा गरेको अवस्था र एक्सप्रेशन देख्दा यस्तो लाग्थ्यो कि बिराट कुनै बिशेष व्यक्तिसँग कुरा गर्दैथिए | उनि कसैलाई आफ्नो टिमको खुशी सेयर गर्दैथिए ।

लीग राउण्डको अन्तिम खेलमा विराटले सफल पारी खेल्दै आफ्नो समुहलाई प्लेअफको दोश्रो स्थानमा पुर्याउन सफल बनेका थिए ।

दिल्ली डेयरडेविल्ससँगको खेलमा कप्तान विराट कोहलीले ५४ रनको इनिंग खेलेक थिए । उनले यस बिशेष म्याचमा आफ्नो टीमलाई ६ विकेटले जित दिलाएका थिए | उनले खेलमा जितमात्र दर्ता गरेनन, आफ्नो टिमलाई आइपीएलको दोश्रो स्थानमा पुर्याउन सफल बने | म्याच जिते लगत्तै उनि कुनै व्यक्तिसँग फोनमा कुरा गर्न व्यस्त बने । फोनमा कुरा गर्दा उनि निकै खुसि देखिन्थे । कतिपयको विश्लेषण छ कि उनि म्याच लगत्तै आफ्नी प्रेमिका अनुष्कालाई आफ्नो खुसि सेयर गर्दै थिए | तर यसबारे कुनै खुलाशा भएको छैन |

खेलमा बिराट निकै खुसि देखिन्थे | पुरै समय उनि आफ्नो टिमका खेलाडीहरुलाई मोटिभेट गर्नमा व्यस्त देखिन्थे । खेलमा पाएको सफलतामा उनले खुसि व्यक्त गर्थे |

IPL-9 का राजा बने बिराट

– विराट कोहली IPL-9 मा चार सेन्चुरी सहित आइपीराजा बनेका छन् ।
– उनले अहिलेसम्म १४ म्याच खेल्दै ९१९ रन बनाईसकेका छन् ।
– टूर्नामेन्टमा सबैभन्दा धेरै ३६ छक्का बनाउने रेकर्ड समेत उनले राखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!