फाइनलका लागि विराट कोहली र शुरेस रैनाको भिडन्त आज, कसले मार्ला बाजी ?

Posted on: 26 May, 2016

जेठ ११, काठमाडौँ | विराट कोहली र एबी डिविलियर्सको उत्कृष्ट प्रदर्शनले पछिल्ला सात खेलबाट ६ खेलमा जित हात पारेको रोयल च्यालेन्जर्स बैंगलोरले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको गुजरात लायन्ससँग आज पहिलो क्वालिफायर खेल खेल्दै छ ।

आईपीएलमा पहिलो पटक सहभागिता जनाएको गुजरातले लिग राउण्डमा १४ मध्ये ९ खेलमा जित हात पार्दै १९ अंक सहित शीर्ष स्थानमा छ ।
यस्तै लिग चरणको १४ खेलमध्ये ८ खेलमा जित दर्ता गर्दै १६ अंकसहित बैंलोर दोस्रो स्थानमा छ ।

बैंलोर र गुजरातबीच चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे हुने खेलको विजेता टीम सीधै फाइनलमा प्रवेश गर्नेछ। यस्तै हार्ने टीमलाई फेरि फाइनल प्रवेशको अर्को मौका मिल्नेछ। आज हार्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सनराइजर्स र केकेआरबीच हुने एलिमिनेटरको विजेतासँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ।

बैंलोरको सान ‘बिराट कोहली’

आइपीएलमा कोहलीको उत्कृत्ट प्रदर्शनले बैंलोर पछिल्ला खेलमा अदभूत प्रदर्शन गर्दै आएको छ। लगातार चार खेलमा अपराजित बैंलोर उच्च फर्ममा रहेको छ। उसका कोहली बाहेक एबी डिविलियर्स, सेन वाट्सन्, क्रिश गेल उच्च फर्ममा छन्।

बैंलोरसंग सामना गर्न गुजरात तयार

जारी प्रतियोगिताको पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेर सबैभन्दा माथिल्लो स्थानमा रहेको गुजरातका लागि बैंलोरको चुनौती सामना गर्न तयार छ । यसअघि बैंलोरसँगको १ सय ४४ रनको लज्जास्पद हारबाहेक समग्रमा उसले राम्रो प्रदर्शन गरेको थियो । गुजरातका लागि ड्वेन ब्रावोको ब्याटिङ राम्रो छ । वेस्टइण्डिजका अलराउण्डर डेथ ओवरोको बलिङ प्रदर्शन राम्रो छ । उनले अहिलेसम्म प्रतियोगितामा १५ विकेट लिइसकेका छन्। यस्तै १४ विकेट लिएका धवल कुलकर्णीको नयाँ प्रदर्शन पनि तारिफ योग्य छ। यस्तै स्विङ बलर प्रवीण कुमार अनुकूल परिस्थितिमा बैंलोरका लागि घातक बन्न सक्छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!