ब्यांग्लोरले पायो आइपीएलको फाइनलमा भिड्ने टिकट, गुजरात ४ विकेटले पराजित

Posted on: 26 May, 2016

जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्ज ब्यांग्लोरले गुजरात लायन्स बिरुद्ध जोडदार जीत दर्ता आइपीएलको फाइनल खेलका लागि टिकट काटेको छ । उसले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिंग रोजेको गुजरातले अल आउट हुँदै १५८ रन बनाएको थियो । यसै लक्षलाई पछ्याउने क्रममा ब्यांग्लोरले २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो । त्यसपछि आरसीबीका लागि एबी डिविलियर्स विनिंग सम्हाले | उनले ४७ बलमा ५ चौका र ५ छक्का लगाउँदै नटआउट ७९ रन बनाउन सफल बने । खेलमा इकबाल अब्दुल्लाले दुई विकेटका साथै नटआउट ३३ रन बनाएर ब्यांग्लोरलाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेले ।

– १५९ रनको लक्ष्य पछ्याएको आरसीबीले सुरुवाती अवस्थामा निकै खराब पर्दर्शन गर्यो । उसले ५ विकेट गुमाउँदा मात्रै २९ रन मात्र ल्याउन सफल बनेको थियो ।
– आइपीएलमा चार पटक सतकको स्कोर  दिएका कप्तान विराट कोहलीले आजको खेलमा बिना कुनै स्कोर धवल कुलकर्णीको बलमा बोल्ड भए । यसपछी धवलले नै क्रिस गेललाई जम्मा १० रन बनाउंदै गर्दा क्लीन बोल्ड गरिदिए ।
– लोकेश राहुलले पनि आफ्नो टिमलाई जिताउन केहि गर्न सकेनन् । उनले खाता खोल्नु अघिनै धवल कुलकर्णीले ड्वेन स्मिथको हातमार्फत क्याच आउट गराइदिए ।
– त्यस्तै वाटसनलाई रवन्द्र जडेजाले १ रनमै ड्वेन स्मिथको हात मार्फत क्याच गराए ।
– अर्का खेलाडी स्टुअर्ट बिन्नीले २१ रन बनाए, तर उनलाई पनि रवीन्द्र जडेजाले LBW आउट गरिदिए ।
– यसपछिको खेलमा एबि डिविलियर्स र इकबाल अब्दुल्लाले नट आउट रही खेल जिताउन सफल बने । साथै आरसीबिलाई आइपीएल क्रिकेटको फाइनल खेल खेल्ने अवसर दिलाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!