कोलकाता हैदारावादसँग पराजित, फाइनलका लागि फेरी गुजरातसँग भिड्ने

Posted on: 26 May, 2016

जेठ १३, काठमाडौ | इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको बुधबारको खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै सनराइज हैदारावादले फाइनल खेलमा प्रवेश गर्ने बलियो मौका पाएको छ ।

बुधबार राति भएको एलिमिनेटरमा हैदरावादसँग कोलकाता २२ रनले पराजित भएको हो । यो हारसँगै कोलकाता खेलबाटै बाहिरिएको छ । विजयी भएको हैदरावादले अब फाइलनमा प्रवेश गर्नको लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग शुक्रबार दोस्रो क्वालिफाएर खेल्नेछ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनायो। उसका लागि मनिष पाण्डेयले ३६, कप्तान गौतम गाम्भीरले २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए।

यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका युवराज सिंहले ४४, मोइसिस हेनरिक्सले ३१ तथा कप्तान डेविड वार्नरले २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए ।

शुक्रबार दोस्रो क्वालिफाएर खेलपछि विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसँग फाइनल खेल खेल्नेछ । रोयल च्यालेन्जर्स बैंग्लोर यसअघिनै गुजरातलाई हराएर फाइनलमा पुगिसकेको छ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइलन आइतबार हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!