नेपालले दियो बंगलादेशलाई २६२ को लक्ष्य

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौँ |  एसिया कप यू–१९ क्रिकेटमा नेपाली युवा टिमले बंगलादेशविरुद्ध नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २६१  रन बनाएको छ । कोलम्बोमा जारी खेलमा बंगलादेशलाई नेपालले २६२ को लक्ष्य दिएको हो ।

बिहान १०:१५ बजे सुरु भएको खेलमा नेपालले ब्याटिङ गरेको थियो | एसिया कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि बलियो टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।  खेलमा रित गौतम ३२, महम्मद आशिफ सेख ३, कुशल मल्ल २८,  पवन सर्फाप ८१, कप्तान रोहितकुमार पौडेल १४, भिम सार्की २१, सुदिप झोर्रा ५६, रसिद खान ६ रनमा आउट भए । कमल सिंह एरीले नटआएट ९ र हरि बहादुर चदहानले १ रन बनाए। पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएकाले पनि नेपालका लागि दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाब छ। 

पहिलो खेलको पराजयले नेपालको यात्रा कठिन बनेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ। समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन्। नेपालविरुद्ध बंगलादेशको युवा टिमको इतिहास बलियो रहेको छ। पछिल्लो पाँच भेटमा बंगलादेशले ४ खेलमा जित निकाल्दा एक खेल वर्षाले नतिजाविहिन भएको थियो। नेपालले भने एकपटक पनि जित निकाल्न सकेको छैन।

यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ । श्रीलंका लगातार दुई जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। अर्को समूहबाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन सफल भए। अफगानिस्तानले पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनायो। पछिल्लो समय अफगानिस्तानको राष्ट्रिय टिमसहित युवा टिम पनि बलियो देखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!