नेपाल बंगालदेशसँग ६ विकेटले पराजित, यू–१९ एसिया कपबाट बाहिरियो

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौं | नेपाल बंगालदेशसँग ६ विकेटले पराजित भएको छ | आफ्नो दोस्रो खेलमा आइतबार बंगालदेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको हो । २६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्षमा पुगेको हो |

१९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो । सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन । नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिदा हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!