सिंगापुरमाथि नेपालको शानदार जित, टी-२० आईमा नेपालको लागि पारसको नयाँ रेकर्ड

Posted on: 28 Sep, 2019

असोज ११, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकको मद्धतले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजमा पहिलो जित हाशिल गरेको छ । नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य १६ ओभरमा मात्र खेलेर एक विकेट गुमाएर भेट्न सफल भयो ।

खेलमा नेपालले पहिलो विकेट गुमाउने क्रममा इशान पाण्डे मात्र ५ रन बनाएर आउट भएका थिए, जतिबेला नेपाली टिमको स्कोर मात्र ९ रन थियो । तर पारसले कप्तानी पारी खेल्दै मात्र ४९ बलमा शतक प्रहार गरे । दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका पारसले शतक मात्र प्रहार गरेनन् अविजित १०६ रङ जोड्न सफल भए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरेका हुन् ।

आजको खेलमा शतक प्रहार गरे संगै पारस टी-२० आईमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । एकदिवसीय क्रिकेटमा पनि शतक बनाउने पहिलो नेपाली क्रिकेटर पनि पारसनै हुन् ।


खेलमा पारससँग साझेदारी गरेका आरिफ शेखले ३९ रनमा अविजित बने । 

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे । डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए । 

आजको खेलमा नेपालका कप्तान पारस म्यान अफ दि म्याच घोषित भए । खेलपछि प्रतिक्रिया दिँदै कप्तान खड्काले सिंगापुको राम्रो सुरुवात भएपनि थेड ओभरमा राम्रो बलिङ भएको बताए । यलि १८०/९० रन बनेको भए नेपाललाई दबाव हुनसक्ने उनले बताए । 

आफ्नो टिमले नेपालसँग नराम्रो हार व्यहोरेपछी सिंगापुरका कप्तान डेभिडले आफ्नो टिमका लागि २०/३० रन कम भएको प्रतिक्रिया दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!