विश्वकप छनोट: नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल

Posted on: 10 Oct, 2019

असोज २३ काठमाडौं । विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ ।

बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।

उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।


एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।

निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!