ओमानसँग नेपाल ६ विकेटले पराजित

Posted on: 10 Oct, 2019

असोज २३, काठमाडौँ | पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको खराव हार व्यहारेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको ब्याटिङ निकै नराम्रो रह्यो, नेपालले ११ ओभरमै जम्मा ६४ रन मात्र बनाएर अलआउट भएपछि ओमानलाई खेलमा नेपाललाई पराजित गर्न सहज भयो ।

खेलमा नेपालको लागि स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

घातक बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली बलरहरुले सुरुवातमा ओमानलाई दबावमा राखेका थिए । करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाए । उनी एक्लैले ४२ रन बनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!