बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौं | एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ | नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो | करण केसी र सुशन भारीले समान १-१ विकेट लिए |

बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन | कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो |

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा, सोमपाल ३८ रनमा आउट भए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!