दिरुमनपाको अग्रता कायमै,टिम प्रथमको संम्भावना प्रबल

Posted on: 24 Nov, 2019

चिसाङ शेर्पा | मंसिर ८, खोटाङ | मोरङमा भइरहेको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अग्रताको यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण ३ रजत र ४ कास्य पदक ल्याएर अग्रता बढाएका हुन् ।

बेलबारी डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा जुनियर पुरुष एकलकातामा सुर्यचन्द्र राई, सिनियर पुरुष एकलकातामा मोतिचन्द्र राई, रुरिहाङ दुमि र महिला सिनियर एकलकातामा रोश्मा राईले स्वर्ण पदक जितेकी छन् । पुरुष कुमितेको ३५ केजी तौलमा हिमाल राई र ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष तथा टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए ।

जुनियर पुरुष एकलकातामा संयोग भुजेल, ३० केजी तौल पुरुष कुमितेमा सचिन मगर र ३० केजी महिला कुमितेमा स्तुति राईले रजत पदक जितिन् । यस्तै, महिला जुनियर एकलकाता सोना राई, समिता राई, पुरुष एकलकाता सिनियरमा अर्जुन श्रेष्ठ र ३० केजी तौल पुरुष कुुमितेमा संयोग भुजेलले कास्य पदक जितेका छन् ।

दुई दिवसीय प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार १ लाख, दोश्रो टिमले ७५ हजार र तेश्रो टिमले ५० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सुरुवाती खेलबाटै अग्रता कायम राखेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोश्रो दिनमा पनि राम्रो नतिजा ल्याइरहेको छ । नतिजा बढेसँगै टिम प्रथम हुने संम्भावना बढेर गएको बुझिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!